काठमाडौं – सर्लाहीको विष्णु गाउँपालिकामा गएराति विद्युतको तार सर्ट भई आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
विष्णु – २ पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले बनेको दुईतले घरमा गए राति करिब ११ बजेको समयमा आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको सर्लाही प्रहरीले जनाएको छ ।
आगलागीबाट घरमा भएको लताकपडा, अन्नपात र घर बनाउने सेन्ट्रीको सामानलगायतका सामान जलेर नष्ट भएको छ ।
सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया