काठमाडौं । यस वर्षको डिसेम्बर २१ मा यस्तो संयोग जुरेको छ जुन आज भन्दा पहिले सन् १६२३ मा भएको थियो । दुई ग्रह बृहस्पति र शनि त्यो दिन एक आपसको नजिक हुनेछन् । जुन हेर्न लाएक हुनेछ । यो संयोग ३७९ वर्ष पछि हुन लागेको हो । यदि तपाइले यो हेर्न छुटाउनु भयो भने पून हेर्न अर्को ६० वर्ष कुर्नु पर्नेछ ।

सन् १६२३ पछि यी दुई ग्रह एक आपसको यती नजिक आएका छैनन् । त्यसै कारण यो एउटा ठूलो संयोग भएको बताइएको छ । एमपी बिड़ला तारामंडलका निदेशक देबी प्रसाद दुआरीले यो दुर्लभ संयोग हजारौं वर्षमा एकपटक मात्र आउने बताएका छन् ।

दुआरीका अनुसार २१ डिसेम्बरको रात दुई ग्रहबीचको भौतिक दुरी ७३५ मिलियन कम हुन्छ । २१ डिसेम्बर पछि यस्तो संयोग सन् २०८० मार्च १५ मा हुनेछ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया