काठमाडौं । उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार चन्द्र ढकालले वस्तुगत तर्फको प्ररम्भिक नतिजामा पनि किशोर प्रधानलाई पछाडि पारेका छन् ।
प्रारम्भिक १०० मतको गणना गर्दा ढकालले ५९ मत पाएका छन् भने प्रधानले ३९ मत पाएका छन् ।
अहिलेसम्म एशोसिएट तर्फ ३० प्रतिशत भोटमा ढकालले ५२२ मत पाएका छन् भने प्रधानले ३७४ मत पाएका छन् ।
उनले प्रतिष्पर्धी किशोर प्रधानलाई एशोसिएट तर्फ १४८ मतान्तरले पछाडि पारेका हुन् । अझै जिल्ला नगर तर्फ ५० प्रतिशत मत गणना बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया