काठमाडौं । शनिवार भएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मत गणना चलिरहेको छ । जसमा वस्तुगत, जिल्ला नगर र एशोसिएट तर्फको मत गणना सम्पन्न भइसकेको छ ।
जसमा दुई उपाध्यक्ष किशोर प्यानलका उम्मेद्वारले जितेका छन् । वस्तुगत तर्फ अञ्जन श्रेष्ठ विजयी भएका छन् भने जिल्ला नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठले बाजी मारेका छन् । एशोसिएट तर्फ भने सौरभ ज्योतीलाई हराउँदै रामचन्द्र सांघाई विजयी भएका छन् ।
अब भने वरिष्ठ उपाध्यक्षको अन्तिम तथा मुख्य मत गणना शुरु भएको छ । वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकाल प्रतिस्पर्धी छन् । वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्तिले आर्को कार्यकाल स्वत अध्यक्ष बनेर महासंघको नेतृत्व गर्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया