काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ चुनावको नतिजा आउने क्रम अझौ जारी नै रहेको छ ।
वस्तुगत र जिल्ला नगर तर्फको मत गणना सम्पन्न भइसकेको छ । जसमा दुवै उपाध्यक्ष किशोर प्यानलका उम्मेद्वारले जितेका छन् । वस्तुगत तर्फ अञ्जन श्रेष्ठ विजयी भएका छन् भने जिल्ला नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठले बाजी मारेका छन् ।
त्यस्तै एशोसिएट तर्फ चन्द्र ढकाल प्यानलबाट रामचन्द्र सांघाई उम्मेद्वार रहेका थिए भने किशोर प्रधान प्यानलबाट शौरभ ज्योती उम्मेद्वार रहेका थिए । मतगणनाको अन्तिम नतिजा अनुसार रामचन्द्र सांघाई विजयी भएका छन् ।
सांघाईले ज्योतीलाई २१ मतले पराजित गरेका छन् । एशोसिएट तर्फ ९०३ भोट खसेकोमा किशोर प्रधान प्यानलका उम्मेद्वार शौरभ ज्योतीले ४३४ मत पाएका छन् भने चन्द्र ढकाल प्यानलका रामचन्द्र सांघाईले ४५५ मत पाएर विजयी भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया