काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ४२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ६०३ जना महिला संक्रमित रहेका छन् भने ८१७ जना पुरुष संक्रमित रहेका छन् ।
त्यस्तै काठमाडौंमा सक्रिय संक्रमितको संख्या १६ हजार ६८६ रहेको छ भने होम आइसोलेसमा ११ हजार ३९३ रहेको छ ।
त्यसतै काठमाडौं जिल्लामा मात्रै कोरोनाबाट हालसम्म २८० जनाको मृत्यु भएको छ भने ५७ हजार ३७८ जना संक्रमण मुक्त भएका छन् । काठमाडौंमा हालसम्म ७४ हजार ३४ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै भक्तपुरमा अहिलेसम्म ८ हजार ८८४ जनालाई संक्रमण भएको छ भने हालसम्म ७३ जनाको मृत्यु भएको छ ।
त्यस्तै भक्तपुरमा होम आइसोलेसनमा रहनेको संख्या १ हजार ८१४ रहेको छ भने १ हजार २२४ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै भक्तपुरमा ५ हजार ३८७ जना निको भएका छन् । त्यस्तै ललितपुरमा अहिलेसम्म १० हजार ५४७ जनालाई कोरोना संक्रमण भएको छ भने १ हजार ८३१ जना होम आइसोलेसनमा छन् ।
त्यस्तै ललितपुरमा ७२ जनाको मृत्यु भएको छ भने ८ हजार १२५ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै सक्रिय संक्रमितको संख्या ललितपुरमा २ हजार ३५० रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया