काठमाडौं । अमेरिकी राष्ट्रपतिय चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनले ऐतिहासिक जीत हात पारेका छन् ।
उनको जीतको साथै राष्ट्रपति डोनाल्ड ट्रम्पले हार व्यहोरेका छन । ट्रम्पले कानूनी लडाईं लड्ने समेत बताएका छन् ।
उनले सर्वोच्च अदालतमा मुद्दा समेत हालेका छन् । तर उनलाई सोचेजस्तो राहत नमिल्ने बताइएको छ ।
यस्तो अवस्थामा ट्रम्प सत्तामा रहिराख्ने आश लगभग सकिएको छ । उनको प्रदर्शन भने एकदमै राम्रो रहेको थियो ।
रेकर्ड तोडिएको भोटिङमा उनले धेरै जनमत पनि पाए । तर त्यो भोट जीतका लागि पर्याप्त रहेन । ट्रम्पले २१४ इलेक्टोरल भोट पाउँदा अर्का उम्मेद्वार जो बाइडेनले २९० इलेक्टोरल भोट पाए ।
१. लीकबाट हटेर चल्न खोज्नु
रिपब्लीकन उम्मेद्वार डोनाल्ड ट्रम्पको हारको सबैभन्दा ठूलो कारण उनी लीकबाट हटेर चल्नुलाई लिइएको छ । तर उनले यसरी नै आफ्नो पहिलो चुनाव जितेका थिए । तर यस पटक सोचेजस्तो भएन र अन्त्यमा उनी पराजित बने ।
२. कोरोना महामारी
कोरोना भाइरसलाई गलत तरिकाले ह्याडिल गर्नु उनको लागि अर्को महत्वपूर्ण कारण बन्यो । ट्रम्पले महामारीमाथि पहिला चीनमाथि आरोप लगाए ।
फेरि पछि लाखौँ मानिस मर्ने भविष्यवाणी गरे । साथै राज्यका गभर्नरसँग लकडाउनलाई लिएर भिँडे ।
३. अर्थव्यवस्था
डोनाल्ड ट्रम्पको कार्यकालमा अर्थव्यवस्थामा केहि वृद्धि भएको छ । तर कोरोना कालमा अमेरिकाको अर्थव्यवस्थामा गम्भीर धक्का लागेको छ ।
जसका कारण देशले अघोषित मदीको पनि सामना गनुपर्यो । जसको असर भोटिङमा देखियो ।
४. अपराध र सुरक्षा
ट्रम्पको कार्यकालमा जति हिंसा वा हत्या भयो । त्यो बेलामा ट्रम्पले हरेक हिंसालाई अन्देख गरे । उनले त्यसलाई घरेलु आतंकवादसम्म भने । साथै यसको रिस पनि विरोधीमाथि पोखे ।
५. एशियाली भोटर्स
एशियाली देशका भोटर्स राष्ट्रपतिय चुनावका लागि निर्णायक मानिन्छ । यसका लागि ट्रम्पले धेरै कार्यत्रलम त बनाए तर नीति बनाएनन् ।
एचवनबी भिसाकोविरुद्ध फैसाले उनलाई धेरै एशियाली नागरिकले भोट हालेनन् ।
६. आक्रामक निर्णय
डोनाल्ड ट्रम्पले जसरी आक्रमक निर्णय गरेर विभिन्न कानून र मापदण्डलाई परिवर्तन गरे, त्यसबाट पनि उनीसँग धेरै अमेरिकी नागरिक रुष्ट बने ।
उनका यस्ता तरिकाबाट जना उनीसँगबाटै टाढा बन्दै गए ।
७. नश्लीय तनावको मजाक
ट्रम्पले एक पटक नश्लिय तनावलाई मजाकमा उडाएका थिए । उनले सामाजिक सञ्जाल ट्वीटरमा नश्लबादी भाषाको प्रयोग गरेर अश्वेतको बदनाम गरेका थिए ।
जसका कारण अश्वेतको आलोचना समेत उनले सहनुपर्यो । यो पनि उनका लागि अर्को कारण बनिदियो ।
८. भाषामा सिमा रहेन
अमेरिकी जनताले पनि यो नोटिस गरे कि, उनका राष्ट्रपतिको भाषा कस्तो छ ।
कत्ति सम्म भाषालाई नियन्त्रणमा राख्न सक्छन् । ट्रम्पले आफूभन्दा ठूला व्यक्तिलाई पनि अर्कै नामले सम्बोधन गर्थे ।
उनले एकपटक पूर्व वकील माइकल कोहेनलाई मुसा भनेर सम्बोधन गरेका थिए । जुन कुरा जनतालाई मन परेन र चुनावको नतिजा यस्एतो भयो ।
९. तानाशाही शासन
जनताका सासाथै ट्रम्पका समर्थक पनि यसो भन्न थालिसकेका थिए कि, उनी तानाशाह बन्न खोजिरहेका छन् ।
उनको यो प्रमाण आफ्नो हार नस्विकारेको कुराबाट पत्ता लाग्छ ।
१०. महिलाबाट रुष्ट
डानाल्ड ट्रम्पलाई पहिलेको चुनावमा जसरी महिलाले रुचाएका थिए । यस पटकको चुनावमा भने खासै रुचाएको पाइएन ।
जसको असर पेन्सिल्वेनिया, मिचिगन, विस्कोन्सिसका साथै एरिजोना र जर्जियामा पराजित भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया