ट्रम्पलाई महिलाको भन्दा पुरुषको धेरै भोट

काठमाडौं । अमेरिकी राष्ट्रपतिको चुनाव परिणाम लगभग छर्लङ्ग भईसकेको छ । अब मात्र औपचारिक घोषणा बाँकी रहेको छ ।

डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेद्वार बनेका जो बाइडेन राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा धेरै इलेक्टोरल भोटले अगाडि छन् ।

बाइडेनले २५३ भोट र ट्रम्पले २१४ इलेक्टोरल भोट हालसम्म पाएका छन् । अमेरिकामा कूल ५३८ इलेक्टोरल भोट छन् ।

जसमा २७० भोट ल्याए बहुमत पुग्नेछ । यसैबीच अमेरिकी चुनावमा सबै रेकर्ड तोडिएको छ ।

अमेरिकी मतदाताले धेरै संख्यामा भोट दिएका छन् । अमेरिकामा ६६.९ प्रतिशत मतदाताले मताधिकारको प्रयोग गरेका छन् ।

पुरुष मतदातामा ४८ प्रतिशत भोट बाइडेन र ४९ प्रतिशत भोट ट्रम्पको पक्षमा छ ।

अझ रोचक कुरा त यो चुनावमा बाइडेनलाई महिलाले धेरै मन पराएका छन् । अहिलेसम्मको परिणामका अनुसार ५६ प्रतिशत महिलाले बाइडेनलाई भोट हालेका छन् ।

त्यस्तै ट्रम्पलाई मात्र ४३ प्रतिशतले भोट हालेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?