कास्की । ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलको १६ औं अधिवेशन तथा २७ औ साधारण सभाबाट निर्वाचित अध्यक्ष सुशीलराज पौडेलले पदयात्रा पर्यटनको विकास र प्रवर्द्धनमा लागि पर्ने बताएका छन् ।
उनले कोरोनाको विषम परिस्थितिले पर्यटन क्षेत्र धरासयी भएको उल्लेख गर्दै कोरोना कहरका बीच सुरक्षा रणनीति अबलम्बन गरेर पर्यटनमा नयाँ सोच खोजको विकास जरुरी रहेको धारणा राखे । उनले अर्बौंको लगानी रहेको पर्यटन क्षेत्रबाट व्यवसायीलाई पलायन हुन नदिन र पर्यटनमा आश्रित मजदुरहरुको जीविकोपार्जननै अहिलेको मुख्य चुनौती रहेको उल्लेख गरे। नवनिर्वाचित पौडेलले अदुरदर्शी, अवैज्ञानिक विकासले नेपालमा प्रसिद्ध पदमार्ग विस्थापित हुँदै गएकाले पदमार्गको संरक्षण र नयाँ पदमार्गको खोजीका लागि नयाँ नेतृत्व सक्रिय रहने भनाइ थियो ।
सो अधिवेशनबाट प्रथम उपाध्यक्षमा धर्मराज पन्थी, द्वितीय उपाध्यक्ष कृष्णराज आचार्य विजयी भएका छन् । त्यसैगरी सचिवमा मिलन तिवारी, कोषाध्यक्षमा किसमकुमारी गुरुङ र सहसचिवमा रेशम अधिकारी निर्वाचित भएका छन्। सदस्यमा दीपक सापकोटा, अनिल थापा, मोहन सुवेदी, गोपाल संग्रौला, लक्ष्मी कोइराला र विकास गुरुङ निर्वाचित भएका छन् । दुई सदस्य भने पछि मनोनित गरिने नवनिर्वाचित सचिव तिवारीले जानकारी दिए।
राससकर्मी शर्मा सम्मानित
सो अवसरमा टानले पर्वतीय एवम् पदयात्रा पर्यटनको विकासमा पत्रकारिता मार्फत योगदान पुर्याएको जनाउँदै राससकर्मी जमुनावर्षा शर्मालाई नगद १० पुरस्कार राशी सहित सम्मान गरिएको थियो । उनलाई गण्डकी प्रदेशका उद्योग वन पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालले दोसल्ला र सम्मानपत्र सहित सम्मान गर्नुभएको थियो । संस्थाले पत्रकार महासंघ गण्डकी प्रदेशको भवन निर्माण सहयोगार्थ ५० हजार प्रदान गरेको थियो । टानले संस्थालाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने साथै हिमपहिरोमा परेकाको उद्धारमा खटिने सदस्य सहित दर्जन बढीलाई सो कार्यक्रममा प्रशंसा पत्र सहित सम्मान गरेको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया