काठमाडौं । कोरोना महामारीका बीचमा विभिन्न देशबाट १ लाख ३० हजार बढी नेपाली स्वदेश फर्किएका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार बुधवारसम्म १ लाख ३० हजार ६०१ नेपाली स्वदेश फर्किएका हुन् ।
त्यसरी नेपाल फर्किनेमा ३३ देशमा कार्यरत नेपाली रहेका छन् भने सबैभन्दा धेरै खाडी मुलुकबाट रहेका छन् ।
केन्द्रको समन्वयमा सुरुमा चार्टर उडानमार्फत नेपाली ल्याइएको थियो भने पछिल्लो समय स्वास्थ्य मापदण्ड पूरा गरेर नियमित उडानमार्फत समेत नेपाली आउन थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया