काठमाडौं । आज ‘विश्व शहरीकरण दिवस २०२०’ विश्वभरी विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विश्वमा अहिले कोरोनाको कहर र फैलिदौ संक्रमणका कारण औपचारिक कार्यक्रम भएका छैनन् । यद्यपी विभिन्न फोरमहरु र भर्चुअल सेमिनारहरु भइरहेका छन् ।
विश्वभरी विश्व शहरीकरण दिवस ‘आफ्नो शहर र समुदायलाई जोगाएर राखौँ र महत्व दिऔँ’ भनेर मनाइरहेको छ । नेपालले ‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ भन्ने नाराका साथ मनाइरहेको छ । अक्टोबर ३१, २०१४ मा पहिलो शहरीकरण दिवस मनाइएको थियो ।
यो सातौ विश्व शहरीकरण दिवस हो । व्यवस्थित शहर भन्ने बित्तिकै जनमैत्री, पर्यावरणमैत्री र वैज्ञानिक व्यवस्थापन भएको बुझिन्छ । यसका साथै शहरमा बस्ने समुदायलाई आवास, यातायात, सञ्चार र अन्य सेवा सुविधाहरु सहज र सघन ढंगले उपलब्ध गराउने गरी योजना बनाइएको हुन्छ । बढ्दो अव्यवस्थित शहरीकरणले काठमाडौं जस्तै देशका अन्य ठूला शहरहरु र शहरउन्मुख नगर/गाउँहरु आक्रान्त बन्दै गएका छन् । नेपाल सरकारले अहिले देशका विभिन्न स्थानीय तहमा ७० वटा आधुनिक शहरको परिकल्पना गरि काम अघि बढाएको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मध्यपहाडी लोकमार्ग अन्तरगत विभिन्न १० वटा शहर निर्माणका लागि पनि काम भइरहेको बताउनुभयो । विश्व शहरीकरण दिवसका अवशरमा मन्त्री मानन्धरले सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपाल अभियानसँग जोडेर मन्त्रालयले काम गरिरहेको बताए ।
काठमाडौं महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले शहरी जीवन र अर्थतन्त्रलाई चलायमान बनाउ नयाँ व्यवसाय गर्ने युवाहरुलाई सीपमुलक कार्यमा प्रवद्र्धन गर्न ‘काठमाडौं विजनेश हब कार्यक्रम’, शहरमा बस्ने महिलाहरुलाई उद्यमशील बनाउन महिला उद्यमशिलता प्रवद्र्धन कार्यक्रम सञ्चालनमा रहेको उनले बताए । महानगरले शहरी वातावरण प्रवद्र्धनका लागि खुला र सामुदायिक स्थानमा ३० वटा पार्क निर्माणका लागि डिजाइन सम्पन्न गरी निर्माण सुरु भएको सरोज बस्नेत बताए ।
शहरमा खानेपानी, यातायातको समस्या, वातावरणिय र नदीनाला प्रदुषणले शहरी जीवन आक्रान्त बनेको छ । अहिले उपत्यका लगायत मुख्य ठाउँहरुमा घनाबस्तीका कारण तापमानमा समेत बृद्धि भएको छ । बस्तीहरुमा पानीको निकास नहुँदा बाढीको समस्या नदीहरुमा प्रदुषणको समस्या छ । यसको समाधानका लागि सबैले काम गर्नुपर्ने आवश्यक देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया