काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को प्रवक्तामा करिश्मा श्रेष्ठ नियुक्त भएकी छिन् ।
यसअघि श्रेष्ठ महाप्रवन्धक कार्यालयकी कायममुकायम निर्देशकको जिम्मेवारीमा रहेकी थिइन् ।
त्यस्तै निगमको सहप्रवक्तामा सुलेख मिश्र नियुक्त भएका छन् ।

निगमको सूचना प्रवाहलाई सहज र सरलीकरण गर्नका लागि प्रवक्ताको जिम्मेवारीमा हेरफेर गरेको निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले बताए ।
यसअघि निगमको प्रवक्तामा अर्चना खड्का रहेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया