काठमाडौं । छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ ।
काठमाडौंको धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा टोखा नगरपालिका–५ स्थित धापासी बस्ने गोरखाका २४ वर्षीय आशिष मगरको मृत्यु भएको हो ।
धापासी हाइटमा रहेको देवी मन्दिर नजिकै बसिरहेका उनलाई अज्ञात समूहले एक्कासी छुरा प्रहार गरेको थियो । गम्भीर घाइत भएका मगरको चिरायू अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
छुरा प्रहार गर्नेहरुको खोजी गरिनुको साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया