एक संक्रमितको मृत्यु

नेपालगञ्ज । बाँकेमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । दाङ राप्ती गाउँपालिका १ का ६५ वर्षीय पुरुषको आज दिउँसो कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको श्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

लामो समयदेखि मधुमेहका बिरामी उनमा कातिक १० गते कोरोना पुष्टि भई सोही दिन अस्पताल भर्ना भएका थिए । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका १७ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

बाँकेमा आज ३४ जना कोरोना सङ्क्रमित निको भइ घर फर्किएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?