काठमाडौं । बागलुङका कोरोना संक्रमितको पोखरामा मृत्यु भएको छ । उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतीष्ठान अन्तर्गतको कोरोना अस्पतालमा बेलुका ५ बजेर ५ मिनेट जादा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार गत ८ गते उनमा कोरोना पुष्टि भएको थियो । मृतक बागलुङ गलकोट नगरपालिका ३ निवासी ७२ वर्षीय पुरुष रहेका छन् ।
मृतकमा कोरोना संगै अन्य दीर्घ रोगसमेत रहेको अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया