झापा । भारतबाट अवैध रुपमा ल्याइएको एक लाख रुपैयाँ बराबरको पटाका प्रहरीले बरामद गरेको छ ।
कचनकवल गाउँपालिका-४ केचनास्थित खुट्टामुनि झिल पोखरीको डिलबाट बिहीबार बिहान प्रहरीले बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ अवैध रुपमा विभिन्न प्रकारका पटकाहरु ल्याउदै गरेका व्यक्तिहरु सिमा प्रहरी चौकी केचनाबाट खटिएको प्रहरीलाई देखी उक्त पटाका फाली फरार भएपछि बरामद गरेको प्रहरीले जनाएको छ ।
मोरङ, सुनबर्सी नगरपालिका-८ सिक्टी बजारबाट खोर्सानि बम २ पोका, मिनि बुलेट २० प्याकेट र भाले पटाका १ प्याकेट बुधबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी सिक्टीबाट गस्तीमा खटिएको गस्ती टोलीलाई देख्नासाथ उक्त पटाका छाडी मानिस साईकल लिई फरार भएपछि प्रहरीले बरामद गरेको हो ।
फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया