काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को कारण मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ३८ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख २४ हजार ८६२ रहेको छ । यो कुल संक्रमितको ७५ प्रतिशत हो ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ६८९ रहेको छ ।
नेपालमा हाल ३८ हजार ९५२ जना सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा हाल ३८ हजार ९५२ जना सक्रिय संक्रमित रहेका छन् भने भेन्टिलेटरमा ७६ जना रहेका छन् । त्यस्तै आईसीयूमा ३०४ जना उपचाररत छन् भने होम आइसोलेसमा ३१ हजार ८९८ जना रहेका छन् ।
आज नेपालमा ९ हजार ७६९ जनाको आरटीपीसीआर नमूना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ९८३ जना महिला संक्रमित थपिएका छन् भने १ हजार ३८० जना पुरुष संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६१५ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया