काठमाडौं । बडा दशैंको मुख्य दिन आज विजयादशमीको अवशरमा मान्यजनको हातबाट टीका र जमरा लगाएर बनाइँदैछ ।
घटस्थापनाको दिन स्थापना गरिएको घडाबाट अभिषेख गरी आज नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ । टीकाको साइत विहान १०ः १९ बजे भएपनि आफु अनुकुलको समयमा टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
कोरोना संक्रमण महामारीका कारण विगत वर्षहरु जस्तो उल्लास नभएपनि भौतिक दुरी कायम गर्दै सर्वसाधारणले दशैंको टीका र जमरा लगाइरहेका छन् ।
सरकारले आग्रह अनुसार टीका लगाउने सर्वासधारणले मास्कको प्रयोग गरेको पाइएको छ ।
सोमबारदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन हो ।
बडादशैंको दिन उपत्यकाको सडक भने सुनसान देखिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका विगतका वर्षहरु जस्तो उल्लास भने देखिँदैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया