काठमाडौं । भक्तपुरमा अपरिचित व्यक्तिहरुको कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका ८ बस्ने ६१ वर्षीय चन्द्रकुमार योञ्जन रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती अपरिचित व्यक्तिहरु जग्गा किन्नका लागि भन्दै त्यहाँ आएको र उनीहरुले योञ्जनमाथी कुटपिट गरेका थिए ।
योञ्जनलाई उनीहरुले घरबाट एक-डेढ किलोमिटर टाढा जग्गा देखाउनको लागि भन्दै लगेका थिए । पछि त्यहाँ योञ्जनलाई निर्घात कुटपिट गरी छाडेका थिए । घाइते योञ्जनको बिहीवार बिहान काठमाडौंको सामाखुसीस्थित ग्रीनसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
योञ्जन पनि जग्गा किनबेचको काम गर्दैै आएका थिए । कुटपिट गर्नेहरु फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया