काठमाडौं । गत असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएको छ । सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले बुधवार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद् बैठकले कालीमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्षमा डा योगेन्द्र कुमार कार्कीलाई नियुक्त गरिएको प्रवक्ता ज्ञवालीले जानकारी गराए । त्यस्तै समितिको कार्यकारी निर्देशक पदमा विनोद कुमार भट्टराईलाई नियुक्त गरिएको छ ।
त्यस्तै सरकारले विभिन्न देशमा कार्यरत महावाणिज्य दूतहरुको पदावदी थप गर्ने लगायतका निर्णयहरु भएको उनले बताए ।
सबै निर्णय पढ्नका लागि तलको लिंक क्लिक गर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया