पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना खारेज गर्न गगन थापाको माग

काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता गगन थापाले पशुपति क्षेत्र विकास कोषले ल्याएको नयाँ गुरुयोजना खारेज गर्नुपर्ने बताएका छन् । गुरुयोजनाको निर्माण प्रक्रिया र सामाग्री नमिलेको भन्दै नेता थापाले खारेजीको माग गरेका हुन् ।

कोषले पशुपति क्षेत्रको विकासको लागि भन्दै ल्याएको गुरुयोजनाको विषयमा लामो समयदेखी त्यहाँका स्थानीय एवम् सरोकालाहरुले गुरुयोजनाको विरुद्ध आवाज उठाउँदै आएका छन् ।

नेता थापाले अघिल्लो गुरुयोजनाबारे समिक्षा गर्न माग राख्दै अहिले ल्याइएकोलाई खारेजी गर्न माग गरेका हुन् ।

पशुपति क्षेत्र विकास कोषकोूनयाँ गुरुयोजनाू१ न त निर्माण प्रक्रिया मिल्छ न त सामाग्री नै। यो गुरुयोजना नै हैन !
अतस् यसलाई खारेज गरौँ।पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौँ।” उनले भनेका छन् ।

स्थानीयहरुले संयुक्त संघर्ष समिति बनाई आन्दोलन गर्दै आएका छन् । भने हरेक हप्ताको आईतवार र सोमवार साँझ ७ बजेबाट साँढे ७ बजेसम्म पशुपति क्षेत्रमा बत्ती निभाइ प्रतिकात्मक विरोध गर्ने समेत कार्यक्रम तय गरिसकेका छन् ।

नेता थापाले पुरानो गुरुयोजनाको एक पटक समिक्षा गर्दै सरोकारवाला सबैको सहभागितामा बास्तविक गुरु योजना बनाउनको लागि सरकारसँग माग गरेका छन् ।

उनले भने, “तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागीतामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकार संग हाम्रो माग हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?