काठमाडौं । नेपाल एयरलाइन्सको जहाजमा हङ्कङ गएका ५ यात्रुमा कोेरोना देखिएको छ ।यससँगै एयरलाइन्सलाई हङ्कङले २ साताका लागि उडानमा रोक लगाएको छ ।
शुक्रबार काठमाडौंबाट हङ्कङ फ्लाइट गरेको एयरलाइन्समा सवार ५ जना यात्रुमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । नेपालमा कोरोना नेगेटिभ भएको रिपोर्ट भएपनि उता गएपछि ५ यात्रुमा पोजेटिभ देखिएको थियो ।
कुल १२० जना यात्रुमध्ये ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि हङ्कङले एयरलाइन्स माथि दुई साता उडानमा रोक लगाएको प्रवक्ता अर्चना खड्काले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया