कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा एक हजार ५५१ सङ्क्रमित थपिएसँगै कुल संक्रमितको सङ्ख्या ९० हजार ८१४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ४७ नमूना परीक्षण गर्दा मुलुकभर एक हजार ४२ पुरुष र ५०९ महिलामा संक्रमण पुष्टि भएको छ ।

पछिल्ला दिनमा काठमाडौंमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ गरी उपत्यकामा मात्र एक हजार १७ संक्रमित थपिएका छन् । रुपन्देहीमा ९६, चितवनमा ८१, बाँके र दाङमा ३४/३४, मोरङमा २७, काभ्रेपलाञ्चोकमा २४, कैलाली र गोरखामा २०/२०, सुनसरीमा १९, महोत्तरीमा १५, नवलपरासी पूर्वमा १३, धनुषामा १२, कालिकोट र सिरहामा १०/१० संक्रमित फेला परेका छन् ।
यसैगरी नवलपरासीमा नौ, सर्लाहीमा सात, प्यूठान, मकवानपुर र रौटहटमा छ/छ, बैतडी, स्याङ्जा, धादिङ र नुवाकोटमा पाँच/पाँच, पाल्पा र झापामा चार/चार, उदयपुरमा तीन, अर्घाखाँची, कपिलवस्तु, गुल्मी, रामेछाप, पर्सा, बारा, सप्तरी, इलाम र धनकुटामा दुई/दुई, डडेल्धुरा, डोटी, बझाङ, बर्दिया, रोल्पा, म्याग्दी, लमजुङ, बाग्लुङ, तनहुँ, दोलखा, खोटाङ र ताप्लेजुङमा एक/एक संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा कुल दुई हजार ३४० जना कोरोना मुक्त भएका छन् ।

यससँगै नेपालमा हालसम्म ६७ हजार ५४२ जनाले कोरोनालाई जितेका छन् । कोरोना मुक्त भई डिस्चार्ज हुनेको प्रतिशत ७४३ पुगेको छ ।

मुलुकभर हाल २२ हजार ७०९ सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १३ हजार ५९१ होम आइसोलेसन र नौ हजार ११८ संस्थागत आइसोलेनसमा छन् ।

चार हजार २२१ जना क्वारेन्टाइनमा छन् । हालसम्म १० लाख ९९ हजार २६७ नमूना पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । २४३ सङ्क्रमितको आइसियू र ४० संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेका छ । सोलुखुम्बु, मनाङ, मुस्ताङ, रुकुम पूर्व र डोल्पामा सक्रिय संक्रमितछैनन् भने मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमितछन् ।

नौ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट चार महिला र पाँच पुरुष गरी नौ जनाले ज्यान गुमाएका छन् । सुनसरीमा एक, काठमाडौंमा दुई, ललितपुरमा तीन र चितवनमा एक जना ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ५९ देखि ७७ वर्ष उमेर समूहका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ५६३ पुगेको छ । कुल संक्रमितमध्ये ०.६२ प्रतिशतको ज्यान गएको मन्त्रालयले जनाएको छ । विश्वभर तीन करोड ५७ लाख २८ हजार २१९ जना कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये १० लाख ४६ हजार ४१९ को ज्यान गएको छ भने दुई करोड ६८ लाख ८८ हजार ९४१ कारोनामुक्त भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?