नेकपाको सचिवालय बैठक बस्दै, के छन् मुख्य एजेण्डा ?

काठमाडौं । आज सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ।

मंगलवार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको हो ।

बैठकमा मन्त्रिमण्डल पुनर्गठन, एकता प्रक्रियाका बाँकी कामलगायतका एजेण्डामा छलफल हुने बताइएको छ ।

नेकपाले गत शनिवार सचिवालय बैठक बोलाए पनि प्रधानमन्त्री निवास बालुवाटारका ७६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक सारिएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?