एक १४ वर्षीया बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सर्लाही प्रहरीको सहयोग र समन्वयमा नाताले आफ्नै भतिजी पर्ने चौध वर्षीया बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा २१ वर्षीय पुरुषलाई पक्राउ गरेको हो । गत पुस दुई गते घरमा कोही नभएको बेला डरधम्की देखाएर ती पुरुषले बालिकालाई जर्वजस्ती करणी गरेको र त्यसको गर्भबाट छोरा जन्मिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।
उनका अनुसार प्रहरीमा जाहेरी परेपछि सर्लाही प्रहरीको समन्वयमा ती पुरुषलाई यही असोज १८ गते पक्राउ गरी कास्की ल्याएर आवश्यक कारवाही अगाडि बढाइएको छ ।
आरोपितविरुद्ध हाडनाता करणी कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए ।
त्यसैगरी प्रहरीले पोखरा–१६ बाट लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१६ तुम्केस्थित बाटोमा हिडिरहेको अवस्थामा शङ्का लागेर चेकजाँच गर्दा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया