सेनाले निर्माण सम्पन्न गर्यो घाँटीबगड-छाङरु बाटो

काठमाडौं । नेपाली सेनाले सुदूर पश्चिम प्रदेशको दार्चुला सदरमुकामदेखि घाँटीबगड हुँदै छाङरु जाने गोरेटो बाटो निर्माण सम्पन्न गरेको छ । बाटो बिगत ३ वर्षदेखि अवरुद्ध रहेको व्यास नगरपालिकाका वडा नं. १ का जनतालाई परेको असुविधालाई मध्यनजर गर्दै सेनाले बाटो निर्माण थालेको थियो ।

मुख्य रुपमा नेपाली भूमिमै एक ठाउँबाट अर्को ठाउँमा जान पनि भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता हटाउनका लागी सेनाको टोलीले जेष्ठ ८ गतेबाट उक्त गोरेटो बाटो निर्माणको काम जेष्ठ २६ गतेबाट थालेको थियो ।

उक्त बाटो करिब चार महिना भित्र सम्पन्न गरी आज स्थानीय सरकारलाई हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?