अहिलेसम्म विदेशबाट कति नेपाली स्वदेश फर्किए ?

काठमाडौं । सरकारले गरेको नियमित र उद्धार उडानमार्फत साढे ९२ हजार बढी नेपाली स्वदेश फर्किएका छन् ।

विभिन्न ३२ देशबाट सोमवारसम्म ९२ हजार ५३८ नेपाली स्वदेश फर्किएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जानकारी गराएको छ ।

केन्द्रका अनुसार हालसम्म सबैभन्दा धेरै युएईबाट नेपाली स्वदेश फर्किएका छन् भने अन्य खाडी मुलुक र मलेसियाबाट पनि उल्लेख्य संख्यामा नेपाली स्वदेश फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?