कोरोना संक्रमितलाई आइसोलेसनको उचित व्यवस्था गर्न माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मापदण्ड अनुरुपको आइसोलेसनमा बस्ने आफ्नो व्यवस्था नभएका कोरोना भाइरस संक्रमितलाई तत्काल समुचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसका सहमहामन्त्री एवं पार्टीको कोभिड—१९ अनुगमन समितिका संयोजक डा प्रकाशशरण महतले आज विज्ञप्तिमार्फत कोरोनाको लक्षण देखिएका संक्रमितलाई अस्पतालमा उपचारको समुचित व्यवस्था गर्नसमेत सरकारसँग माग गरेको छ ।

सरकारी निकायले कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरी परीक्षण र आइसोलेशनको प्रभावकारी व्यवस्था गर्न नसकेको र यसले विशेषतः काठमाडौं उपत्यकामा डेरामा बस्ने या घरै भए पनि मापदण्डअनुरुप बस्ने व्यवस्था नभएकाहरुको बिचल्ली भएको विज्ञप्तिमा जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?