‘क्वाःपा द्यो छेँ’ को शिलान्यास

काठमाडौं । गोर्खा भूकम्पका कारण क्षति भएको सङ्कटा परिसरको ‘क्वाःपा द्यो छेँ’ को आज शिलान्यास गरिएको छ । आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका हुन् । यसको पुनःनिर्माण सङ्कटा संरक्षण समितिले ९९ लाख ३८ हजार ६२२ लागतमा गर्नेछ ।

प्रमुख शाक्यले मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको पहिचान गरी संरक्षण गर्नु महानगरपालिकाको दायित्व रहेको बताए । द्यो छेँ १७औँ शताब्दीमा ठूलो आँगनसहित बहाल शैलीमा निर्माण भएको संरचना मानिन्छ । इसं १९३४ मा यसको पुनःनिर्माण भएको अभिलेख छ ।

बुद्ध धर्माबलम्वीले सञ्चालन गर्ने धार्मिक गतिविधि यहाँ सञ्चालन हुने गर्दछन् । भवनभित्र र बाहिर बुद्धका विभिन्न रुपका मूर्ति राखिएका छन् । तीन तले यो भवन नेपाली शैलीको घर हो । यसलाई परम्परागत शैलीमा मौलिक निर्माण सामग्री प्रयोग गरी निर्माण गर्ने तयारी समितिको छ ।

निर्माणहुँदै वडा कार्यलय भवन

यसैबिच आज प्रमुख शाक्यले वडा नं २२ को कार्यालय भवनको पनि शिलान्यास गर्नुभएको छ । भवन निर्माणको लागत करिब रु चार करोड १९ लाख ७३ हजार २३३ रहेको छ । खरिद प्रक्रियामा आएका प्रतिस्पर्धीमध्ये के एण्ड केजी रमिता कन्स्ट्रक्सन प्रालिले तीन करोड २० लाख १४ हजार २१४ निर्माण कबोल गरेपछि भवन निर्माणको जिम्मा उसैलाई दिइएको छ ।

भवन विसं २०७८ असार मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । इञ्जिनीयर प्रेमबहादुर श्रेष्ठकाअनुसार जग्गा तीन आना जग्गामा निर्माण हुने भवन छ हजार ३१६ स्क्वायर फिट क्षेत्रफलको हुनेछ । पाँचौं तलासम्म भवनका हरेक तलामा चार कोठा हुनेछन् भने माथिल्लो तलामा बैठक कक्ष हुनेछ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?