थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको धरान–१५ का ५५ वर्षीय पुरुष रहेका छन् ।

मिर्गौलासम्बन्धी समस्या रहेका उनमा असोज १६ गते कोरोना पुष्टि भएको थियो भने सोही दिन उनी कोभिड अस्पतालमा भर्ना भएका थिए ।

उनको उपचारका क्रममा सोमवार बिहान ६ः४५ मा मृत्यु भएको अस्पतालका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?