काठमाडौं । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा हालसम्म सर्वाधिक २४ हजार ४५ जनामा संक्रमण पुष्टि हुँदा १३ हजार २७८ जना निको भएका छन् । हालपनि काठमाडौँमा १० हजार ६६३ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै काठमाडौंँमा १०४ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी ललितपुरमा जम्मा संक्रमित २९८४ जना रहेका छन् भने १५४६ जना निको भएपछि सक्रिय संक्रमित १४१२ जना रहेका छन् । हालसम्म ललितपुरमा २६ जनाले ज्यान गुमाएका छन् । आजमात्रै उपत्यकामा १५९९ जना संक्रमित थपिएका थिए ।
यसैगरी भक्तपुरमा सक्रिय संक्रमित १०१० रहेका छन् भने निको हुनेको संख्या १४ सय ५६ रहेको छ । यस्तै हालसम्म कुल संक्रमितको संख्या २४९० हुँदा मृत्यु हुनेको संख्या २४ रहेबको छ ।
हालसम्म काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या २९ हजार ५१९ पुगेको छ । संक्रमितमध्ये १५४ जनाको मृत्यु भएको छ भने निको हुनेको संख्या १६हजार २८० रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया