काठमाडौं । कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित भएसँगै सरकारले गरेको उडान उडानका साथै नियमित उडानमार्फत हालसम्म ९१ हजार बढी नेपाली स्वदेश फर्किएका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का अनुसार आइतबारसम्म विभिन्न ३२ मुलुकबाट ९१ हजार १९८ जना स्वदेश फर्किएका हुन् । स्वदेश फर्किनेमा सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (युएई) बाट २६ हजार ४६५ जना रहेका छन् ।
आइतबारपनि कतार, टर्की, साउदी मलेसिया, युएई, चीनलगायतका देशबाट नेपालीहरु स्वदेश फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया