विश्वमा कोरोना अपडेट : यस्तो छ पछिल्लो तथ्यांक

काठमाडौं । विश्वभर फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ५२ लाख ६ हजार नाघेको छ ।

आइतवार रातिसम्म सो संख्यामा कोरोना संक्रमित भएका हुन् भने १० लाख ३९ हजार बढीको मृत्यु भएको छ ।

यसैगरी हालसम्म २ करोड ६१ लाख ८५ हजार बढी संक्रमितको निको हुँदा अहिलेपनि करिब ८० लाख सक्रिय संक्रमित रहेका छन् ।

आइतबारसम्मको तथ्यांकअनुसार ७९ लाख ८१ हजारको हाराहारीमा सक्रिय संक्रमित रहेका हु्न् ।

हालसम्म कोरोनाबाट अमेरिकामा सबैभन्दा धेरै मानवीय क्षति पुगेको छ भने त्यसपछि भारतमा संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?