सुदूरपश्चिम । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कैलालीको गोदावरी नगरपालिका वडा नं १० र ११ को बीचमा पर्ने चाक्ले खोलामा निर्माण गरिने पुलको आज शिलान्यास गरेका छन् ।
सो अवसरमा उनले तोकिएको समयभित्रै पुल निर्माण कार्य पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिए। खोलामा पुल नहुँदा सहज आवागमनमा समस्या हुने गरेको थियो । पुल निर्माण हुनुपर्ने माग स्थानीयवासीले लामो समयदेखि गर्दै आएका थिए ।
करिब दुई करोड १३ लाखको लागतमा निर्माण हुन लागेको उक्त पुल निर्माणको ठेक्का वर्दियाको जयधनन्जय÷रोहित जेभी निर्माण कम्पनीले पाएको छ । पुल १८ महिनाभित्र निर्माण पूरा गरिसक्नुपर्ने सम्झौता भएको पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख श्याम खड्काले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया