काठमाडौं । कोरोना कहरका कारण कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चित बनेको छ । कांग्रेसका ४ केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण पुष्टि भएसँगै सोमबारका लागि बोलाइएको बैठक अनिश्चित हुने स्रोतले जनाएको छ ।
शनिवार पूर्वमन्त्री समेत रहेका कांग्रेस नेताहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा तथा नेताहरु शम्भुलाल श्रेष्ठ र कल्पना चौधरी लगायत कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै आगामी ५ दिनको लागि केन्द्रीय कार्यालय समेत बन्द गरिएको छ ।
आज बिहानका लागि बोलाइएको कांग्रेस पदाधिकारी बैठक कोरोनाको कारण स्थगित गरिएको छ ।
कांग्रेस एक पदाधिकारीका अनुसार भोलीको केन्द्रीय समितिको बैठक अनिश्चित हुने पक्कापक्की जस्तै भएपनि त्यसबारे आज दिउँसो निर्णय हुनेछ ।
साथै भर्चुअलमाध्यमबाट केन्द्रीय कार्यसमिति बैठक गर्ने विकल्पबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया