कोरोनाको दोस्रो लहर देखिएको चीनसहित युरोपका यी देशमा यस्तो सावधानी

कोरोना संक्रमितको आँकडा विश्वभर ३ करोड ४९ लाखभन्दा धेरै पुुगेको छ । निको भइसकेका बिरामीको संख्या २ करोड ५८ लाख ८९ हजार ७ सयभन्दा ज्यादा छ । मर्नेको संख्या १० लाख ३३ हजार नाघिसकेको छ । यो तथ्याङ्क वल्र्डोमिटर्स डट इन्फोको हो । यस्तोमा कोरोना भाइरस संक्रमणको पहिलो लहरलाई बल्ल–बल्ल नियन्त्रणमा ल्याएका केही देशहरु दोस्रो लहरको चपेटामा परेका छन् ।

फ्रान्समा तमाम कोसिसका बाबजुद दोस्रो लहरले खतराको घण्टी बजाइसकेको छ । यहाँ शुक्रबार फेरि एकैदिन १२ हजारभन्दा धेरैमा संक्रमण देखियो । जसकारण, बाध्य भएर फ्रान्स सरकारले विभिन्न नयाँ नियमहरु लागुु गरेको छ । पछिल्ला दुुई हप्ताभित्र यहाँ २ लाखभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

यसैगरीकोलम्बियाका अन्य शहरको दाँजोमा राजधानी बोगाटामा दोस्रो लहरको खतरा ज्यादा देखिएको छ । यद्यपी, यस खतरालाई पार लगाउन प्रशासन तयार रहेको बोगाटाकी मेयर क्लाउडिया लोपेजको दाबी छ । उनी भन्छिन्, ‘हामीलाई लाग्छ कि दोस्रो लहर नोभेम्बर वा डिसेम्बर वा त्यस पहिले नै राजधानीमा फैलनसक्छ । तर, हामी तयार अवस्थामा छौं । आशा छ यो पहिलो लहरजस्तो खतरनाक साबित हुनेछैन ।’

कोलम्बिया विगत ५ महिनादेखि लकडाउनमा छ । यद्यपी, पछिल्ला दिनहरुमा प्रतिबन्ध निकै खुुकुलो भइरहेको छ । सेप्टेम्बरदेखि केही रेस्टुरेन्टहरु पनि खुला गरिएका छन् । सरकारका अनुसार साना शहर र भुुपडबस्तीमा संक्रमणको खतरा समाप्त भइसकको छैन ।

चीनमा शुक्रबार संक्रमणका १० नयाँ घटना देखिए । बिहीबार पनि यति नै व्यक्तिमा संक्रमण देखिएको थियो । यद्यपी, विदेशबाट आएका व्यक्तिमा मात्रै संक्रमण भेटिएको र स्थानीय संक्रमणको केही संकेत वा प्रमाण नदेखिएको सरकारले जनाएको छ । यहाँ अहिले कुल १ सय ८९ जनामा सक्रिय संक्रमण छ । यसमध्ये केही व्यक्तिको अवस्था गम्भिर छ । चीनमा अहिलेसम्म कुल ८५ हजार ४ सय ३४ जनामा कोरोना देखिएकोमा ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको थियो ।

उता स्पेनको राजधानी म्याड्रिडमा सरकारले केही हटस्पट्स पहिचान गरेको छ । सरकारका अनुसार यहाँ लकडाउन नलगाई संक्रमण रोक्न सहज छैन । यद्यपी, स्थानीय प्रशासन र मानिसहरुले यस निर्णयको विरोध गरिरहेका छन् । पछिल्ला दुई हप्तामा यहाँ १ लाख ३३ हजारभन्दा धेरैमा संक्रमण देखिइसकेको छ, जो निकै दुखद् हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?