बूढानीकण्ठका मेयरलाई कोरोना संक्रमण

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेललाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । पिसिआर विधिबाट शुक्रवार खरेलको कोरोना परीक्षण गरिएकोमा आज खरेलको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए ।

भट्टटराईका अनुसार मेयर खरेलका सवारी चालकलाई ५ दिनअघि कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि कन्ट्याक्ट ट्रेसिङमा परेका खरेलले पनि परीक्षण गराउनुभएको नगरपालिकाले जनाएको छ ।

कोरोना संक्रमण देखिए पनि मेयर खरेलको अवस्था सामान्य छ । नगरपालिकाका अनुसार उनमा लक्षणसमेत देखिएको छैन । मेयर खरेल अहिले होम आइसोलेसनमा बसेका प्रवक्ता भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?