प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई पनि कोरोना संक्रमण पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण पुष्टि भएको छ । सल्लाहकार रिमालले आफ्नो सामाजिक सञ्जाल ट्विटरमार्फत आफुलाई कोरोना संक्मण पुष्टि भएको बताएका हुन् ।

उनले ट्विटरमा लेखेका छन् हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ ।”

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो (शुक्रवार) गरिएको स्वाब परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनले सामाजि सञ्जाल मार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै सम्पर्कमा रहेका सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?