Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

माछापुच्छ्रे बैंकले ल्यायो नेपालमै पहिलो पटक विच्याट वालेट भुक्तानी सेवा

लोकपथ संवाददाता १७ आश्विन २०७७, शनिबार ०९:२८
माछापुच्छ्रे बैंकले ल्यायो नेपालमै पहिलो पटक विच्याट वालेट भुक्तानी सेवा
शेयर गर्नुहोस् Facebook

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक विच्याट वालेट भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले डिजिटल सेवालाई उच्च प्राथमिकतामा राख्दै विच्याट वालेट भुक्तानी सेवा सञ्चालनमा ल्याएको हो ।

२१ औँ वार्षिकोत्सवको अवसरमा बैंकले यो सेवा सञ्चालनमा ल्याएको हो। बैंकले क्युआरकोड स्क्यान गरेर आफ्नो खाताबाट नगद निकाल्न सक्ने एमबिएल स्मार्ट काउन्टर पनि सञ्चालनमा ल्याएको छ।

नयाँ स्मार्ट वेवसाइट समेत शुरु गरेको बैंकले यस वेवसाइटमार्फत बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाइन आवेदन दिन सकि बताएको छ । बैंकले ग्राहकलाई लक्षित गर्दै विभिन्न २०र२० अफर समेत ल्याएको छ।

https://www.facebook.com/machhapuchchhrebank/videos/3335621073211574

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।