काठमाडौं – भोली (शनिबार) काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ५ घण्टा बत्ति काटिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार ललितपुरको लगनखेल वितरण केन्द्र, पुल्चोक वितरण केन्द्र र काठमाडौंको बालाजु वितरण केन्द्रभित्र पर्ने सबै स्थानमा ५ घण्टा बत्ति काटिनेछ ।
त्यस्तै लगनखेल र पुल्चोक वितरण केन्द्रअन्तर्गत पर्ने खोकना फिडरमा मिटरिङ युनिट परिवर्तन गर्नुपर्ने भएकाले शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बत्ति काटिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार गणेशथान, एकान्तकुना, खाद्य गोदाम, मेडीसिटी हस्पिटल, आदिनाथ मार्ग्, गणेश मन्दिर, मन्जुश्री मार्ग, भन्ज्याङ् पिपल बोट, मगरगाउँ, सानो खोकना, खोकाना, कार्यविनायक, बुङमती क्षेत्र, नेवा ईट्टा, चुनिखेल, कतार एम्बेस्सी, खोईचा, फर्सिडोल, जोर्खु, टोकलमाथ, खहरे, डुकुछाप, दनुवार बस्तीलगायतका क्षेत्रहरुका बत्ति काटिनेछ ।
त्यस्तै बालाजु वितरण केन्द्र अन्तर्गत पर्ने स्थानहरुमा पनि बत्ति काटिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया