कोरोनाबाट एक स्वास्थ्यकर्मीको निधन

काठमाडौं । कोरोना संक्रमणको कारण एक स्वास्थ्यकर्मीको निधन भएको छ ।

निधन हुनेमा प्रादेशीक अस्पताल सुर्खेतमा कार्यरत हरी प्रसाद सापकोटा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उनी नेपाल स्वास्थ्य सेवा सर्जरी समूह अर्थोपेडिक उपसमूह प्रमुख कन्सल्ट्यान्ट अर्थोपेडिक (११ औँ तह) हुन् ।

उनमा कोरोना रोकथाम तथा नियन्त्रणमा लागिरहेका बेला कोरोना संक्रमण पुष्टि भइ हिजो (बिहीवार) मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सेवाका क्षेत्रमा दुई दशक भन्दा लामो समयदेखि कार्यरत रही सेवा गरिरहेका उनको निधनमा मन्त्रालयले दुख व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?