आधा किलो सुन लिएर भारत जाँदैगर्दा दाजुबहिनी पक्राउ

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकाबाट आधा किलो सुनसहित दुइ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नम्बर ५ बनकछियाबाट ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्ता रहेको प्रहरीले जनाएको छ ।

उनीहरु बिहीवार लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा आधा किलो सुन लिएर भातरतर्फ जाँदै गर्दा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार सुन बरामद गरी उनीहरुलाई जिल्ला प्रहरी कार्यालय तौलिहवामा थप अनुसन्धान भइरहेको छ ।

पत्रकार सम्मेलन गरी आज त्यसबारे थप तथ्य बाहिर ल्याउने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?