उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलको सम्धी उपेन्द्र कोइरालाले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा शपथ लिएका छन् ।
अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेको ४० दिनपछि बुधबार कोइरालाले शपथ लिएका हुन् । हाल सञ्चालक समितिको अध्यक्षता गरिरहेका अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले कोइरालालाई सञ्चालकको शपथ दिलाए ।
निवर्तमान अर्थमन्त्री युवराज खतिवडाले कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकमा अध्यक्ष बनाउने गरी सञ्चालकमा नियुक्त गरेका थिए । विवादास्पद छवि भएका कोइरालालाई सरकारको पूर्ण स्वामित्वको एक मात्र बैंकको नेतृत्व सुम्पन लागेको भन्दै चर्को विरोध भएको थियो ।
सोही कारण सञ्चालकमा नियुक्त भएको करिब डेढ महिनासम्म बैंकले कोइरालालाई अध्यक्ष बनाउन सकेको छैन ।कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया