उत्कृष्ट काम गरेको भन्दै बसपार्कका इन्सपेक्टरको बिदाइमा १५ किलोको माला

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको इन्चार्ज भएर १५ महिना काम गरेका प्रहरी निरीक्षक (इन्सपेक्टर) सन्तोष कुमार दाहालको सरुवा भएको छ । उनी सरुवा भएसँगै उनको बिदाइमा बिहीबार एक कार्यक्रम आयोजना गरियो ।

बानियाँटार युवा समाजको अगुवाइमा भएको बिदाइ कार्यक्रममा उनको काममा उच्च प्रशंशा गर्दै १५ किलोको माला लगाइएको थियो । कोरोना भाइसको कहरका बीच पनि सजगता अपनाउँदै उनको बिदाइ गरिएको समाजका अध्यक्ष प्रबिन बानियाँले जानकारी दिए ।

उनी बसर्पाक आएसँगै बसपार्क क्षेत्रमा उच्छृङ्खल र आपराधिक गतिविधि गर्नेमाथि निगरानी र कानुनी दायरामा ल्याउने काम भएको थियो ।

यस्तै देशका अधिकांश जिल्लाका नागरिकको आउजाउ हुनुका साथै अनेक घटना समेत हुने बसपार्कमा कार्यसम्पादन गर्नु चुनौति हुँदाहुँदै पनि उनले राम्रो काम गरेर स्थानीयको मन जित्न सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?