भुटानमा थप एक जनामा संक्रमण पुष्टि, अहिलेसम्म कुल संक्रमित २८२ पुगे

भुटानमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा थप १ जनामा संक्रमण पुष्टि भएसँगै भुटानमा कुल संक्रमितको संख्या २८२ पुगेको छ ।
भुटानमा संक्रमितमध्ये पनि २२२ जना निको भइसकेका छन् भने बाँकीको सामान्य अवस्थामा उपचार भइरहेको छ । दक्षिण एसियाली मुलुक भुटानमा अन्य छिमेकी देशमा जस्तो कोरोना महामारी देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?