विषम स्थिति सर्जकका लागि अवसर पनि हो : कुलपति

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विषम स्थितिले स्रष्टालाई कुनै असर नगर्ने बरु त्यसले अवसर सिर्जना गर्ने बताएका छन् ।

पुष्पराग साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कवि ढुण्डिराज पोखरेल ‘ज्ञानकुञ्जबाट चिहाउँदा’ कवितासङ्ग्रह बुधवार लोकार्पण गर्दै कुलपति उप्रेतीले कोभिड –१९ को महामारीप्रति लक्ष्य गर्दै चेतना र इच्छाशक्तिलाई मानिसको उमेरले फरक नपार्ने उल्लेख गरे।

प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्याय, काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेल, पूर्वप्राज्ञ परिषद् सदस्य विष्णु प्रभात, प्राज्ञसभा सदस्य शशी लुमुम्बूलगायतले लोकार्पित कृतिका स्रष्टालाई शुभेच्छा व्यक्त गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?