काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार निगम सञ्चालक समितिलेपेट्रोल, डिजेल र मट्टितेलको मूल्य १–१ रुपैयाँ घटाएको हो ।
निर्णयअनुसार अब काठमाडौंमा पेट्रोलको मूल्य १०६ रुपैयाँ पर्नेछ भने डिजेल तथा मट्टितेलको मूल्य ८९–८९ रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा केही गिरावट आएको भारतबाट पनि सोहीअनुसार मूल्य सूची आएकाले मूल्य घटाइएको निगमले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया