राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीलाई कोरोना संक्रमण

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । पुनर्निर्माणको काममा लागि रहेका बेला आफूलाई कोरोना संक्रमण भएको उनले बताएका छन् ।

साथै ज्ञवालीले आफू होम आइसोलेनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको समेत जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?