काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यमा सामान्य समस्या आएपछि परीक्षण गराउँदा बिहीवार पोजेटिभ रिपोट आएको उनले जानकारी दिए ।
“स्वास्थ्यमा समस्या देखिएपछि स्वाव दिएर तीन दिनदेखि होम आइसोलेसनमा बसेको छु । सामान्य ज्वरो बाहेक अन्य समस्या अहिलेसम्म देखिएको छैन”, उनले भने ।
निगमले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी कार्यकारी निर्देशक पौडेलसँग एक हप्तामा सम्पर्कमा आएकालाई संयम अपनाउन आग्रह गरेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया