काठमाडौं । बैंकिङ कसुर मुद्धामा फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका १२ ठेचो बस्ने ६० वर्षीय हेमकाजी महर्जन डंगोल रहेका छन् ।
उनलाई महानगरिय प्रहरी परिसर ललितपुरले बिहीवार पक्राउ गरेको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक प्रज्वल महर्जनले लोकपथलाई जानकारी दिए ।
डंगोललाई उच्च अदालत पाटनले २०७१ मंसिर २१ गते बैकिङ कसुर मुद्धामा ३ वर्ष कैदसहित १,६५,००,००० लाख जरिवाना समेत तोकेको थियो ।
फरार रहेका उनलाई आज गोदावरी नगरपालिका १२ ठेचोबाट प्रकाउ गरी कैद तथा जरिवाना अशुली तर्फ आवश्यक कारवाहीको लागि ललितपुर जिल्ला अदालत पठाईएको प्रवक्ता महर्जनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया